चार दिनभित्र हेटौंडा बजार क्षेत्रको सम्पूर्ण सडक सीमा खाली गरिने

सडक अतिक्रमित संरचना हटाउने काम तिव्र
मंसिर २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
चार दिनभित्र हेटौंडा बजार क्षेत्रको सम्पूर्ण सडक सीमा खाली गरिने

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि चार दिनभित्र सम्पूर्ण सडक सीमा खाली गरिने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

चौथो पटक प्रकाशित सूचनाको १५ दिने अल्टिमेटम सकिएको भोलिपल्टदेखि डोजर परिचालन गर्दै राजमार्ग सीमाभित्र पर्ने संरचना हटाउने काम तीव्र बनाइएको डिभिजन कार्यालयले जनाएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगर प्रहरीको बोक्लो उपस्थितीकाबिच शनिबार बिहानैदेखि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको मुख्य खण्डमा डोजर, जेसिभी र हेभी एक्साभेटर परिचालन गरी २५-२५ गज सडक सीमाभित्र पर्ने संरचना हटाउने काम गरिएको छ । 

हाल सांकेतिक रूपमा घरहरूको अग्रभाग भत्काउने काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । घरका झ्याल, ढोका, जस्तापाता तथा घरभित्रका सामग्री सुरक्षित स्थानमा सार्नका लागि दुई दिन समय दिइएको र त्यसपछिका चार दिनभित्र सम्पूर्ण सडक सिमाक्षेत्र खाली गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले बताउनुभयो ।

डिभिजन कार्यालयका अनुसार महेन्द्र राजमार्गका रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६ दशमलव ३ किमि र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्म ३ दशमलव २ किमि गरी मकवानपुर जिल्लामा कुल ९ दशमलव ५ किमि सडक खण्ड विस्तार हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.