
चितवन । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरूले अझै पनि नागरिकता पाउन कठिन भइरहेको गुनासो गरेका छन् ।
चितवनको भरतपुरमा शनिबार भएको यौनिक तथा लैगिंक अल्पसंख्यकहरूको महासंघ नेपालको १८औं वार्षिक साधारण सभामा उनीहरूले संविधानमा लैंगिक पहिचानको आधारमा नागरिकता दिने उल्लेख भए पनि व्यवहारिक रूपमा नागरिकता पाउन कठिन भइरहेको बताएका छन् ।
साधारण सभामा सात प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नाै वटा संस्थाबाट सुरू भएको महासंघमा हाल सात प्रदेशका ३२ वटा संस्था आबद्ध रहेको राजु लामाले बताउनुभयो ।