हात्तीको आक्रमणबाट सप्तरीमा एक किसानकाे मृत्यु

मंसिर १८, २०८२ |आरएन विश्वास
हात्तीको आक्रमणबाट सप्तरीमा एक किसानकाे मृत्यु

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा पूर्वमा जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६५ वर्षिय नारायण खंग छन् । खेतमै काटेर राखिएको धान रुँग्न झुप्राेमा बसिरहेका खंगमाथि जंगली हात्तीले आक्रमण गरेको हो । 

इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खंगको शव आज बिहान झुप्रोदेखि केही दूरीमै किचिएको अवस्थामा फेला परेको हो। प्रहरीले घटनास्थलको मुचुल्का गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।