धान्यपूर्णिमाको अवसरमा धनकुटाको मधुगंगा धाममा मेला भर्नेको घुइँचो

मंसिर १८, २०८२ |विनोद घिमिरे
धान्यपूर्णिमाको अवसरमा धनकुटाको मधुगंगा धाममा मेला भर्नेको घुइँचो

धनकुटा । धान्यपूर्णिमाको अवसरमा धार्मिक तथा पर्यटकीयस्थल धनकुटाको भीरगाउँस्थित मधुगंगा धाममा मेला लागेको छ। हरेक वर्ष धान्य पूर्णिमादेखि तीन दिनसम्म मधुगंगा धाममा मेला लाग्नेगर्छ । 

मधुगंगा महादेवको दर्शन तथा पूजा अर्चना गरे सन्तान, सुखशान्ति र वैभव प्राप्ती हुने विश्वासका साथ श्रद्धालुहरू मधुगंगा धाम पुग्ने गरेका छन् । यसो गर्दा दुःखकष्ट, अनिकाल र रोगब्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास छ। मेला भर्नका लागि धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङलगायत जिल्लाबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।