शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न अपाङ्गता भएका व्यक्तिहरूकाे माग

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न अपाङ्गता भएका व्यक्तिहरूकाे माग

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले यस्तो माग गरेका हुन् । अपाङ्गमैत्री पूर्वाधार नहुँदा सरकारी तथा गैरसरकारी कार्यालयमा पुग्न धेरै समस्या हुने गरेको भन्दै उनीहरूले पहुँचयुक्त भवनको सुनिश्चितता गर्न आवश्यक रहेको बताएका छन् ।

२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको २ दशमलव दुई-छ अर्थात् ६ लाख ४७ हजार ७ सय ४४ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । शारीरिक अपाङ्गता, दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, बौद्धिकलगायत १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । यीमध्ये धेरैजसो अपाङ्गता भएका व्यक्तिहरू सूचना प्रविधिको पहुँचबाट टाढा रहेको उनीहरूको गुनासो छ ।

अपाङ्गता तथा समावेशी समाजको प्रवर्द्धन गर्न आवश्यक रहेकोमा पनि उनीहरूको जोड छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.