
धनकुटा । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तराष्ट्रिय दिवसका अवसरमा धनकुटामा सचेतना र्याली तथा कार्यक्रम गरिएको छ ।
नगरस्तरिय अपाङ्गता रोकथाम तथा पुनर्स्थापना संस्थाले धनकुटा बजारमा सचेतना र्याली आयोजना गरेको हो । र्यालीमा सहभागी विद्यार्थी र सरोकारवालाले अपाङ्गता भएका व्यक्तिहरूको हक-अधिकार सुनिश्चित गर्न राज्यको ध्यानाकर्षण गराएका थिए ।
र्याली पछि सामुदायिक भवनमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको थियो । समुदायिक भवनमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा सार्वजनिक सेवामा सहज पहुँच दिलाउँन प्रभावकारी कमद चाल्नु पर्नेमा जोड दिइएको थियो ।