चुनाव सामग्री खरिद प्रक्रिया सुरू गर्न नसकिएको निर्वाचन आयोगकाे भनाइ

मंसिर १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनाव सामग्री खरिद प्रक्रिया सुरू गर्न नसकिएको निर्वाचन आयोगकाे भनाइ

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि सय दिन पनि कम समय बाँकी रहँदा पनि निर्वाचन सामग्री खरिद प्रक्रिया सुरू गर्न नसकिएको निर्वाचन आयोगले जनाएको छ। 

सरकारले पर्याप्त बजेट नदिएका कारण खरिद प्रक्रिया सुरू गर्न नसकिएको आयोगको भनाइ छ। आयोगले मागेभन्दा कम बजेट विनियोजन भएको आयोगको गुनासो छ। आयोगले निर्वाचनका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्न सकेको छैन । 

आयोगलाई मतपत्रका लागि चाहिने कागज र मतपेटीकाबाहेकका स्वस्तीक छाप, छेकाबार, मसीलगायतका सामग्री खरिद गर्नेुपर्छ । बजेटलाई लिएर निर्वाचन आयोगले असन्तुष्टि जनाएपछि अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेट अपुग हुन नदिने आश्वसन दिनुभएको छ। 

सरकारले निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ। यसैबीच निर्वाचन आयोगले वडावडासम्म पुगेर मतदाता शिक्षाको कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रको वडाका घर-घरमा पुगेर मतदाता शिक्षाको अभियान चलाउने जनाएको छ । 

आयोगले फागुन ३ गतेदेखि १८ गतेसम्म निर्वाचन क्षेत्रका वडामा स्वयंसेवक खटाएर मतदाताका घरघरमा पुगेर मतदाता शिक्षा अभियान पुर्याउने तयारी गरेको हो । यसका लागि स्वयंसेवकसँगै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने आयोगको भनाइ छ।

आयोगले फागुन ३ गतेदेखि १८ गतेसम्म सञ्चालन गर्ने मतदाता शिक्षाको कार्यक्रमकै बेला राजनीतिक दलहरूलाई समेत प्रचार प्रसारको समय तोकिएको छ । फागुन १८ गतेको मध्यरातबाट निर्वाचनको ४८ घन्टे मौनअवधि सुरू हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.