
काठमाडौं । नेवार समुदायको परम्परा र संस्कृतिको जगेर्ना गर्न साेमबार काठमाडौंमा महिलाहरूको सुकुन्दा र्याली आयोजना गरिएको छ ।
ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको सुकुन्दा र्याली काठमाडौंको यट्खाबाट सुरू भई सहरका विभिन्न स्थानमा परिक्रमा गरेको हो। परम्परागत नेवारी भेषभूषा हाकुपटासीमा सजिएर आएका ९० वटा खल पुचका महिलाहरूको सहभागिता रहेको र्यालीले सुकुन्दा दीप बालेर सहर परिक्रमा गरेको थियो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सुकुन्दा र्यालीको उद्घाटन गर्नुभएको थियो । नेवार समुदायको संस्कृति र ज्यापु दिवसको प्रचारप्रसार गर्ने उद्देश्यले सुकुन्दा र्याली आयोजना गरिएको आयोजकले जनाएका छन् ।