कर्णाली प्रदेशमा स्याउ विकास बोर्ड गठनसम्बन्धी कानुन बनाउन सुरु

मंसिर ११, २०८२ |कमल पन्त
कर्णाली प्रदेशमा स्याउ विकास बोर्ड गठनसम्बन्धी कानुन बनाउन सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनसम्बन्धी कानुन बनाउन सुरु गरेको छ । प्रदेशसभाको सामाजिक विकास समितिले स्याउ विकास बोर्ड गठनको प्रक्रियाको समग्र प्रगति र वर्तमान अवस्थाको जानकारी लिएको हो । बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले बोर्ड गठनका लागि मन्त्रालयले ऐनको मस्यौदा बनाउन सुरु गरेको जानकारी दिनुभयो ।

आगामी हिउँदे अधिवेशनमा विधेयक पेश गर्ने गरी मन्त्रालयले मस्यौदा तयार गरिरहेको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट मार्फत स्याउ विकास बोर्ड गठन गर्ने घोषणा गरेको थियो ।

बर्सेनि करोडौँ रुपैयाँको स्याउ उत्पादन भए पनि उचित बजारीकरण, ढुवानी र भण्डारणलगायतका समस्या छ । यस्ता समस्या अन्त्य गर्न स्याउ विकास बोर्ड गठन गर्ने र कर्णालीको स्याउलाई विश्वबजारमा बिक्री वितरण गरेर आर्थिक समृद्धि हाासिल गर्ने प्रदेश सरकारको लक्ष्य छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।