देशभर आज मौसम सफा रहने

मंसिर ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर आज मौसम सफा रहने

काठमाडौं । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले आज देशका अधिकांश स्थानमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.