राहदानी विभाग धाउनेहरूको भीड बढ्दाे

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
राहदानी विभाग धाउनेहरूको भीड बढ्दाे

काठमाडौं । राहदानीसम्बन्धी काम लिएर राहदानी विभाग धाउनेहरूको भीड बढेको छ । 

सेवाग्राहीले सहजरूपमा सेवासमेत पाएका छैनन् । दशैं-तिहारपछि राहदानी विभागले मौज्दात सकिएको भन्दै राहदानी वितरण सीमित बनाएको थियो । दैनिक ७ हजारसम्म राहदानी माग हुने गरेकोमा गत शुक्रबारसम्म १ हजार वितरण गर्ने गरेको थियो । तर, आइतबारदेखि नियमित रूपमा वितरण थालेको विभागमा अहिले सेवाग्राहीको चाप थामि नसक्नुभएको छ । 

कर्मचारी अभाव र पटक-पटक सर्भरमा समस्या आउँदा विभागले चाहिएजति राहदानी वितरण गर्न नसकेको हो । विभागले राहदानी वितरणमा समस्या नहोस् भनेर विगतमा खरिद गरेकै कम्पनीसँग तत्काल ७ लाखप्रति राहदानी किन्ने सम्झौता गरेको छ । सम्झौताअनुसार ३ हप्ताभित्र पहिलो किस्ताको राहदानी आउने विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.