ओमानसँग पराजित भएपछि नेपालको यू-१७ एएफसी छनोट यात्रामा पूर्णविराम

मंसिर १०, २०८२ |खेल ब्युरो
ओमानसँग पराजित भएपछि नेपालको यू-१७ एएफसी छनोट यात्रामा पूर्णविराम

काठमाडौं । ओमानसाग ५-० गोलले पराजित हुँदै अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू-१७ एसियन कप छनोटबाटै नेपालको यात्रामा पूर्णविराम लागेको छ।

बुधबार दिउँसो भएको छनोटको आफ्नो तेस्रो खेलमा नेपालले तेस्रो हार ब्यहोरेको हो। यो छनोटबाट समूह विजेता बन्दै साउदीमा हुने प्रतियोगिता खेल्ने लक्ष्य राखेको नेपालल प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको हो। म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा ओमानले पहिलो हाफमा तीन गोलको अग्रता बनाएको थियो। 

खेलको नवौं मिनेटमा अनमोल कार्कीले आत्मघाति गोल गरेपछि ओमानले खेलमा अग्रता बनाएको थियो। त्यसको १० मिनेटमा तुर्की घसानले अर्को गोल थपेका थिए। पहिलो हाफमा नै दबाबमा आएको नेपालविरूद्ध ३९औं मिनेटमा साद अल मामरीले तेस्रा गोल गरे। त्यसैगरी दोस्रो हाफमा बशर बदर र युनिस अल मिनाईले दुई गोल गरेपछि नेपालले फराकिलो हार ब्यहोरेको हो।

बुधबारको जितपछि ओमानले दुई खेलमाबाट ६ अंक जोडेको छ। ऊ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ओमनाले सिरियालाई ३-१ ले हराएको थियो । नेपालले यसअघि म्यानमारसँग ४-० र सिरियासँग ४-२ को हार ब्यहोरेको थियो। अब समूह 'जी'को अन्तिम खेलमा नेपालले अफगानिस्तानसाग खेल्ने तालिका छ ।