
काठमाडौं । प्रेममान डंगोलको संस्कृति सम्बन्धि कृति 'चित्रमय चाडपर्वको देश : नेपाल ' लोकार्पित र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
स्रष्टा समाज नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, स्रष्टासमाजका अध्यक्षा श्रीओम श्रेष्ठ रोदन, प्रा डा लक्षमण प्रसाद गौतम, शितल गिरीलगायतले कृति लोकार्पण गरेका हुन् ।
संस्कृतिविद् डा श्रेष्ठले नेपाल मण्डलको संस्कृति विश्वकोष रहेको बताउँदै यहि बारेमा नुतन कुराहरु कृतिमा रहेका जानकारी दिनुभयो उहाँले भन्नुभयो, 'संस्कृति मरे देश नै मर्छ, तसर्थ प्राचिन संस्कृति बारे जानकारी दिने यो कृति हरेक नेपालीको हातहातमा पुग्नुपर्छ ।'
अर्का चर्चाकार शितल गिरीले यस कृतिले नेपाल मण्डल बुझ्नलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले आफ्नो भाषा, संस्कृति र चाडपर्वसंग जोडिएका बिभिन्न कुराहरु पुस्तकले जानकारी दिने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संस्कृति चाडपर्वको परम्परालाई जीवन्त बनाउन पुस्तकले सघाउने बताउनुभयो । कार्यक्रममा कृतिकार डंगोलले आफ्नो लेखन गर्भ बताउनुभयो भयो भने साहित्यकार रन्जना निरौला र तारा सुबेदीले पनि कार्यक्रममा आआफ्ना भनाइ राख्नु भएको थियो ।