.png&w=1000&height=550)
जनकपुर । मधेश प्रदेश सरकारले धानबालीमा पुगेको क्षतिमा राहतस्वरूप किसानलाई प्रतिकठ्ठा १५ सय रूपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै समयमा पानी नपरेको, सिँचाइ अभाव, मल-बीउको समस्या र अन्त्यमा मोन्था आँधीबाट धानबालीमा भएको नोक्सानीको विवरण स्थानीय सरकारलाई टिपाएका किसानलाई राहत उपलब्ध गराउने भएको हो ।
त्यस्तै गत वर्षदेखि रोकिएको उखु प्रवर्द्धन खर्च-प्रति क्विन्टल ७० रूपैयाँ-नपाउँदा किसान र उद्योग दुवै प्रभावित भइरहेको भन्दै प्रदेश सरकारले संघीय सरकारलाई बक्यौता रकम तुरून्त निकासा गर्न आग्रह गर्ने भएको छ । प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका स्नातक उतीर्ण गरेका मधेशका बेरोजगार युवालाई प्रति महिना दुई हजार रूपैयाँ जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बेरोजगार भत्ता वितरण प्रक्रिया अघि बढाएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।