एमालेको ११औं महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा हुने

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेको ११औं महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ । 

२८ र २९ गतेको बन्द सत्र भने काठमाडौंको भृकुटिमण्डमा हुनेछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको महाधिवेशन सचिवालय बैठकमा तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी दिइयो । बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएका थिए ।

महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ। एमाले महाधिवेशनमा २३ सय प्रतिनिधि सहभागी हुने तयारी छ । एमालेले १३ गते एकैदिन प्रतिनिधि छान्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.