नयाँ संसद् भवनबाटै आगामी बैठक सञ्चालन गर्छौं : कुलमान घिसिङ

मंसिर ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ संसद् भवनबाटै आगामी बैठक सञ्चालन गर्छौं : कुलमान घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरूको बैठक सिंहदरबारस्थित नयाँ संसद् भवनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ ।

सोमबार संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार आसन्न चुनावपछि संसद् बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको संसद् भवन निर्माणको कामलाई तिव्रता दिइएको छ । 

सरकारले फागनु २१ गतेलाई प्रतिनिधधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । त्यसअघि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ । घिसिङले चालू आर्थिक वर्षको बजेटमा तयारी नै नभएका कार्यक्रमहरूमा बजेट समेत राखिँदा कार्यान्वयनमै समस्या आएको बताउनुभयो । 

उहाँकाअनुसार प्रारम्भिक रूपमै अध्ययन नभएका, जग्गा नै अधिग्रहण नभएका, आयोजनामा यसअघिको सरकारले बजेट राखेको पाइयो । अनावश्यक रूपमा बजेट राखिएका बाहेक अरू आयोजनाहरूको बजेट रोक्का भएको भए खोल्नका लागि अर्थमन्त्रालयसँग छलफल हुने उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.