पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

मंसिर ७, २०८२ |रामकृष्ण लामिछाने
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित

जापान (टोकियो) । नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित हुनुभएकाे छ । 

जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नेपाल सन्देश डटकमका प्रधानसम्पादक श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएकाे हाे ।

जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गर्नुभयाे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् । यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित हुनुभएकाे छ । उहाँले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई दुई मतले पराजित गर्नुभयाे ।

चौलागाईंले ३० मत पाउँदा अधिकारीले २८ मत पाउनुभएकाे थियाे भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाउनुभयाे । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी हुनुभएकाे छ भने सचिवमा अर्जुल लामिछाने विजयी हुनुभयाे ।

महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाउनुभएकाे थियाे । यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाउनुभयाे भने विश्वास आचार्यल ३२ मत पाउनुभएकाे थियाे । अन्य पदहरूमा भने सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।


Image

रामकृष्ण लामिछाने

लामिछाने कान्तिपुर टीभीका पर्वत संवाददाता हुन् ।