
ताप्लेजुङ । ताप्लेजुङ पाथीभरा मन्दीरमा कार्तिक महिनामा ३४ लाख ४८ हजार रुपैंया भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो महिना पाथीभरा मन्दीर दर्शनकालागि ४२ हजार २ सय ६१ जना पुगेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार यो गतवर्षको कार्तिक महिनाको तुलनामा भने कम रकम र कम तिर्थयात्री हो । यसवर्षको असोज महिनामा भएको वर्षा र सडक अवरोधले प्रभाव पारेको हाङबाङले जानकारी दिए ।
तीर्थयात्रीले चढाएको भेटी समितिका कर्मचारीले सङ्कलन गर्ने र प्रहरी समेतको रोहवरमा झोलामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने प्रचलन छ । यसको गणना भनें सदरमुकाम फुङलिङमा रहेको क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर हुने गरेको छ ।