उडेको २ मिनेटमै एउटा इन्जिन फेल भएपछि टर्किस एयरको विमान कोलकाता डाइभर्ट

माघ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
उडेको २ मिनेटमै एउटा इन्जिन फेल भएपछि टर्किस एयरको विमान कोलकाता डाइभर्ट

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएपछि केही समय आकाशमा होल्ड भएको टर्किस एयरको विमान कोलकातातर्फ लागेको छ ।  

आज दिउँसो साढे १ बजे उडेको टर्किस एयरको एयरबस 'टिप्रल थ्री' ले १ बजेर ३४ मिनेटमै त्रिभुवन बिमानस्थलमा रहेको एयर ट्राफिक कन्ट्रोलरलाई एउटा इन्जिन फेल भएको जनाएको थियो । त्यसपछि केहीबेर धादिङको आकाशमा होल्ड भएकोमा आफू सुरक्षित रहेको भन्दै कोलकाता विमानस्थलतर्फ गएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ । 

फाइल तस्बिर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.