
सुनसरी । दुई दिनदेखी झापामा कार्यकर्ता र मतदाता भेटघाटमा व्यस्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज दिनभर मोरङ र सुनसरीका बिभिन्न स्थानमा पुगेका छन् । सुनसरी र मोरङका बिभिन्न स्थानमा उनलाई भव्य स्वागत गरिएको छ ।
हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका बालेन कोसी राजमार्ग हुँदै विराटनगर र सुनसरीको दुहबी स्थित रास्वपा कार्यालय पुगेपछि त्यहाँ कार्यकर्ताको भीडभाड लागेको थियो । दुहबीपछी इटहरी, झुम्का हुँदै सुनसरी सदरमुकाम इनरुवा पुगेर उदयपुर तर्फ लागेका छन ।