
काठमाडौं । सरकारले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साढे ७ अर्ब माग गरेको थियो । तर, अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड स्वीकृत गरेको हो । बजेट अपुग भए सरकारले उपलब्ध गराउने सहमति भएको आयोगले जनाएको छ ।
आयोगले मितव्यायी र कम खर्चमा निर्वाचन सम्पन्न गर्नेसमेत बताएको छ ।