अब घरमै बसीबसी राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

कार्तिक २७, २०८२
अब घरमै बसीबसी राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं । मतदाता सूचीमा नाम दर्ता गर्ने समय सकिन केही दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले घरमै बसेर पनि नाम समावेश गर्न पाइने व्यवस्था गरेको छ । विदेशमा रहेका नेपाली नागरिकले पनि राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाट मतदाता नामावलीमा नाम भर्न सक्नेछन् ।

राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले विदेशमा रहेर पनि अनलाइनबाटै मतदाता नामावलीमा नाम लेखाउन पाउनेछन् । मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्यांक अर्थात बायोमेट्रिक्स प्रयोग गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ। जेन-जी युवाहरू समेतको उपस्थितिमा भएको छलफलमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि सहज बनाउन राष्ट्रिय परिचयपत्रमा भएको तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

अब बायोमेट्रिक गराउन जिल्ला निर्वाचन कार्यालय पुगिरहनु पर्दैन। अर्थमन्त्री रामेश्वर खनालले बिहिबार नै काठमाडौंको ट्रमा सेन्टर पुगेर अखराष्ट्रिय परिचयपत्रबाट बायोमेट्रिक विवरण प्रयोगको परीक्षणसहित शुभारम्भ गर्नुभयो । कार्तिक ३० गते मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिँदैछ ।