
हेटौंडा । कास्कीको लालीगुराँस एसोसिएसन क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लब हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट कपको समिफाइनलमा प्रवेश गरेका छन् । यससँगै दुवै टिमले राष्ट्रिय लिगमा समेत स्थान बनाएका छन् ।
गौरीटार रंगशालामा आज सम्पन्न खेलमा चित्लाङले बर्दियाको जनजागृति क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो । चित्लाङका लागि खेलको १३ औं मिनटमा विज्ञान खड्का र ७० औं मिनेटमा मदन स्याङतानले गोल गरेका हुन् ।
आजै आज सम्पन्न अर्को खेलमा देउराली क्लबसँग गोल रहित बराबरी खेले पनि चित्लाङले राष्ट्रिय लिगमा स्थान सुरक्षित गर्यो ।
यो नतिजासँगै समूह 'ए'बाट चित्लाङ र लालिगुराँस सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह 'बी'बाट काँक्रेबिहार सेमिफाइनलमा पुगिसकेको छ । भोलि हुने नव जनजागृति युवा क्लब र हैरान्स क्लबबीचको खेलपछि सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लाग्ने छ । सेमिफाइनल पुग्ने चारवटै टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।