भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन संसदीय समितिको निर्देशन

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले फागुन २१ गतेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन र भागेका कैदीबन्दी तथा लुटिएका हतियार फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन सरकारलाई निर्देशन दिएको हो । लुटिएका हतियार फिर्ता र लुट्नेहरुलाई कारवाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनपछिका घटनाक्रममा भदौ २४ गते जेल तथा थुनाबाट निस्केका कैदीबन्दीमध्ये अझै ५ हजार १३ जना फरार रहेको जानकारी दिनुभयो । १४ हजार ५ सय ५४ जना भागेकोमा ९ हजार ४ सय ४१ जनालाई फिर्ता ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । सबै चुनौती परास्त गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री अर्यालको भनाइ छ ।

उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउने विषयमा सरकार गृहकार्यमा लागेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.