
काठमाडौं । जितका बाबजुद काठमाडौं स्पाइकर्स एभरेष्ट महिला भलिबल लिग इडब्लूभीएलको उपाधि होडबाट बाहिरिएको छ ।
आज सम्पन्न खेलमा पोखरा निञ्जाजलाई ३-१ ले हराए पनि एक सेट गुमाएका कारण काठमाडौं फाइनल पुग्न असफल भएको हो । योसँगै ललितपुर क्विन्स फाइनलमा पुगेको छ । अब ललितपुरले उपाधिका लागि कर्णालीसँग प्रतिस्पर्धा गर्ने छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा काठमाडौंले पहिलो सेट २५-१९ ले जित्दै राम्रो सुरुवात गरेको थियो । दोस्रो सेट पनि २५-१७ ले आफ्नो पक्षमा पारेको काठमाडौंले तेस्रो सेटमा भने खराब प्रदर्शन गर्यो । तेस्रो सेटमा पोखराले २५-१२ को जित हात पार्दै काठमाडौंलाई अघि बढ्नबाट रोकेको हो । यसपछि चौथो सेटमा काठमाडौंले २५-१८ को नतिजा हात पार्यो।
आजै सम्पन्न अर्को खेलमा लुम्बिनी लवाजले मधेश युनाइटेडविरुद्ध ३-१ सेटको जित पक्का गर्यो ।