प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले अतिरिक्त महानिरीक्षक कार्कीलाई आईजीपीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । कार्कीले कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुहुनेछ । २०५४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्की ३० वर्षे सेवा अवधि कायम रहे २०८४ चैतसम्म प्रहरी महानिरीक्षकमा रहनु हुनेछ । 

३० वर्षे सेवा अवधिकै कारण हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ २६ गतेदेखि अवकाशमा जाँदै हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.