
काठमाडौं । मुलुकमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्नका लागि एकजुट भएर लाग्न मधेसका अगुवा र युवाहरूले जोड दिएका छन् ।
'बदलिँदो परिस्थितिमा देश, मधेश र युवाको अवस्था' विषयक काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले जेन-जी आन्दोलनपछि मधेस र मधेसका युवा राजनीतिक र सामाजिक रूपमा एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । विश्लेषक सीके लाल, मन्चला झा, दलित अगुवा नरेन्द्र पासवान, शरदसिंह यादवलगायतले विकासदेखि हरेक क्षेत्रमा पछि परेको मधेसमा शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिइ भ्रष्टाचारमुक्त समाज निर्माण आजको आवश्यकता रहेको औंल्याएका छन् ।
सामाजिक रूपले पछि परेका मुस्लिम, दलित, अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उनीहरूले राज्यको संरचनामा युवा पुस्ताको सुनिश्चितता हुनुपर्ने पनि औंल्याएका छन् ।