
दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ मा गरिएको उन्नत जातको लौकाको खेतीमा ६ फिटभन्दा लामो फल लागेको छ ।
पूर्वशिक्षक रामहरी रिजालले गर्नुभएको नरेन्द्र सिवानी जातको लौका खेतीमा मानिसभन्दा लामो १० किलोसम्मको लौका फलेको हो । अनलाइनमार्फत बीउ मगाएर खेती गरेको बताउने रिजालले दाङका धेरै किसानलाई यसको बीउ उपलब्ध गराउने योजनामा लागेको बताउनुभएको छ ।
रिजालको बारीमा देखिने लामालामा लौका हेर्न मानिसहरूको भिड नै लाग्ने गरेको छ ।