गणपूरक संख्या पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
गणपूरक संख्या पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ ।

समितिको बैठक बुधबार बोलाइएको थियो । तर बैठक बस्नका लागि आवश्यक गणपूरक संख्या पुगे पनि विषय-वस्तुमा प्रवेशनै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगे पनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिनुभयो । 

हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थितिमा कात्तिकको २३ गते बस्नेगरी बुधबारकाे बैठकलाई स्थगित गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार बुधबारको बैठकमा विधेयकलाई कसरी अगाडि बढाउने, आर्थिक २०८१/०८२ को समितिको वार्षिक प्रतिवेदनलाई पारित गर्ने, सम-सामयिक विषयमा छलफल गर्ने विषयवस्तु रहेको थियो । 

उहाँले कात्तिक २३ गते राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसँग पनि छलफल गर्ने योजना रहेको बताउनु भयो । सम्बन्धित सरोकारवाला र मन्त्रालयलाई बोलाएर विधेयकका बारेमा पनि छलफल गर्ने उहाँको भनाइ छ । बैठकमा चलचित्र सम्बन्धि विधेयक छलफल गर्नेगरी तयारी रहेको उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.