आन्दोलनमा भएको तोडफोड र लुटपाटको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी

अनुसन्धान अघि बढाइएको प्रहरीद्वारा जानकारी
कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनमा भएको तोडफोड र लुटपाटको अनुसन्धान गर्न सर्वोच्च र काठमाडौं जिल्ला अदालतद्वारा प्रहरीमा जाहेरी

काठमाडौं । जेन-जी आन्दोलन र प्रदर्शनका बेला आगजनी र तोडफोडमा परेका सर्वोच्च अदालत र जिल्ला अदालत, काठमाडौंले प्रहरीमा जाहेरी दिएका छन् ।

आगजनी, तोडफोड र लुटपाटमा संलग्नबारे अनुसन्धान गरिदिन भन्दै दुबै अदालत प्रशासनले छुट्टा-छुट्टै रूपमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन् । काठमाडौं प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ । जाहेरी आउनुअघि समेत प्रहरीले अदालत जलाइएको विषयसहित २४ भदौका घटनामा छानबिन गरिरहेको थियो ।

२४ भदौमा भएको तोडफोड र आगजनीका कारण सर्वोच्च, काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालयमा क्षति पुगेको थियो । १० वटा अदालतमा पूर्ण क्षति हुनुका साथै ९ वटा आंशिक र ४ वटा अदालतमा सामान्य क्षति भएको थियो । आगजनी र तोडफोड भए पनि प्रायः अदालतले न्याय सम्पादन सुरू गरिसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.