
दोलखा । रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको बेसक्याम्प नजिकै सोमबार बिहान हिमपहिरो गएको छ ।
हिम पहिरोमा परेर केही विदेशीसहित नेपाली पथप्रदर्शक सम्पर्कविहिन बनेको छन् । सम्पर्कविहिन बनेका विदेशी र नेपाली पथप्रदर्शको खोजी र उद्धारका लागि हेलिकप्टर त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।