
दोलखा । ट्रयाक्टरबाट खसेर दाेलखाकाे विगु गाउँपालिका-६ आलम्पूमा एक जनाकाे मृत्यु भएकाे छ । शुक्रबार बिहान चिम्टेबाट ढुङगा लाेड गरेर आलम्पू आउँदै गरेकाे प्र १-०१-००१ त ८८७२ नंवरकाे ट्याक्टरकाे ढालाबाट खस्दा स्थानीय ४० बर्षीय मानबहादुर थामीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
दुर्घटनापछि ट्याक्टर छाडेर फरार रहेकाे प्रहरीले जनाएकाे छ । फरार चालककाे खाेजी भैरहेकाे प्रहरीले जनाएकाे छ ।