
प्यूठान । प्यूठानका स्थानीय तहहरूले धमाधम ग्रामीण सडक स्तरोन्नती तथा कालोपत्रको काम गरिरहेका छन् ।
जिल्लाका अधिकांश स्थानीय तहहरूले दुर्गम गाउामा पुग्ने सडकसमेत संघीय तथा प्रदेश सरकारको सहयोगमा कालोपत्र गर्न थालेका हुन् । प्यूठानको नौबहिनीमा गाउापालिकाभित्रका स्थानीय सडकहरूको कालोपत्रको काम सुरु भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा पहिलोपटक बहाने, डार्मी सडक खण्डमा ४ सय मिटर सडक कालोपत्रे गरेको गाउापालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ४ किलोमिटर सडक कालोपत्रे गरेको छ । बहाने, डार्मी रोल्पा सडक, बल्लेखोला मैरामारे, रोल्पा सडक र बहाने, लुङ, तुषारा सडकखण्डमा गाउँपालिकाले कालोपत्रे गर्ने काम सुरू गरेको हो ।
प्यूठान नगरपालिकामा पनि चालु आर्थिक वर्षसम्म ५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भैसकेको छ । एक वडा एक कालोपत्रे सडक योजना ल्याएको नगरपालिकाले १० वटै वडा कार्यालयसम्म पुग्ने मुख्य सडक कालोपत्रे गर्ने योजना बनाएको छ ।
सरूमारानी गाउँपालिकाले पनि चालु आर्थिक वर्षसम्म ३ हजार १ सय ६० मिटर सडक कालोपत्रे सम्पन्न गरिसकेको छ । गाउँपालिका केन्द्रदेखि ग्रामीण वस्तीसम्म पुग्ने सडक निर्माणलाई प्राथमिकता दिँदै गाउँपालिकाले सडक कालोपत्र गर्न थालेको हो ।
बड्डााडा-ऐरावती सडक, नर्सरी आटिटारलगायतका ४ वटा सडक स्तरोन्नतिसहित कालोपत्र गरिरहेको गाउँपालिकामा हाल २ हजार ३ सय ५० मिटर सडक कालोपत्रको चरणमा छ । जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकाले पनि गत आर्थिक वर्षदेखि ठूलाबेसी-पुँजा सडक खण्डमा कालोपत्रेको काम सुरू गरेको छ । मल्लरानी गाउँपालिकाले पनि संघीय सरकारको सहकार्यमा खलंगा मल्लरानी ५ किलोमिटर सडक कालोपत्र गरिसकेको छ ।
प्यूठानका स्थानीय तहहरूले संघीय तथा प्रदेश सरकारसाग समन्वय गर्दै ग्रामीण सडक कालोपत्रे गरिरहेका हुन् । ग्रामीण सडक कालोपत्रेसँगै बाह्रै महिना यातायात सहज हुन थालेको छ । यसले बर्खामा सडक अवरूद्ध हुँदा ग्रामीण क्षेत्रका नागरिकले एम्बुलेन्स सेवासमेत नपाउने अवस्था अन्त्य भएको छ ।
पैदल हिँड्नसमेत कठिन गाउँठाउँमा कालोपत्रे सडक विस्तार भएसँगै नागरिकहरूले सुगम महसुस गर्न थालेका छन् ।