सुर्खेत । सुर्खेतमा इनिसा विकको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै मृतकका परिवारले जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शन गरेका छन् ।
घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै मृतकका परिवार र आफन्तले खबरदारी गर्दै प्रदर्शन गरेका हुन् । गत शनिबार बिहान ६ बजे दुई घन्टा ट्यूसन पढ्न जान्छु भनेर घरबाट हिँडेकी वीरेन्द्रनगर-१ सुर्खेतकी इनिसा विक जंगलमा अचेत अवस्थामा फेला परिन् ।
इनिसाको अवस्थाबारे करिब ९ बजे फोनमार्फत जानकारी पाएपछि आमा तीला विक घटना स्थल पुग्नुभयो । उहाँ पुगेपछि इनिसालाई प्रदेश अस्पताल कालागाउँ लगियो । अस्पताल पुगेलगत्तै चिकित्सकले इनिशालाई मृत घोषणा गर्यो । त्यसपछि तीलाले छोरीको बलात्कारपछि हत्या भएको भन्दै चार जनाविरूद्ध किटानी जाहेरी दिनुभयाे ।
१६ वर्षिय इनिसाको बलात्कारपछि हत्याको आरोपमा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । परिवारले कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी उजुरी फागुन २५ गते दर्ता गरिसकेको छ । बलात्कारपछि गरिको हत्या अमानविय भएको भन्दै महिला अधिकारकर्मीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
मृतकका आफन्तले भने घटना भएको पाँच दिन पुग्दासमेत घटनाको कुनै विवरण नआउनुले आशंका भएको भन्दै खबरदारी गरेको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसान्धन भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
प्रदेश अस्पतालका चिकित्सकसहित भेरी अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले पोष्टमार्टम गरिएको र दोषीलाई काुननी कारबाही हुने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि इनिससँगै कक्षा ११ पढ्ने अनमोल गौलीसहित चार जना पक्राउ परेका छ ।
गौली र इनिसा दुवै साथी रहेको प्रहरीले जनाएको छ । बिहान दुवै जनासँगै आर्योवेदिक अस्पतालबाट वन तिर जाँदै गरेको स्थानीयले देखेको प्रहरीको प्रारम्भिक अनुसान्धनले जनाएको छ ।