म्ह: पूजा मनाउँदै नेवार समुदाय

कार्तिक ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
म्ह: पूजा मनाउँदै नेवार समुदाय

काठमाडौं । नेवार समुदायले बुधबार म्ह: पूजा गरिरहेका छन् ।

नेपाल संवत् प्रारम्भ भएको दिन नेवार समुदायले आफ्नै शरीर पुजा गरी म्ह: पूजा गर्ने चलन छ । म्ह: पूजाको अर्थ शरीर अर्थात् आत्मा पूजा हो । परिवारका प्रत्येक सदस्यका लागि एक-एकवटा मन्डप बनाइ परिवारका मूलीदेखि सबैलाई क्रमबद्ध रूपमा पूजा गरिन्छ । 

म्ह: पूजा नेवारी समुदायमा सफलताको कामनासहित र वर्षभर कुनै पनि समस्या नआओस् भनेर यो पूजा गरिने गरेको नेवा समुदायका अगुवा राकेश अवालेले बताउनुभयो । मन्डप वरपर फलफूल, पञ्चरंगी धागो, सयपत्रीको फूलमाला तथा विभिन्न फलफूल राखिन्छ । 

म्ह: पूजा गर्दा शरीरमा कुनै समस्या नआउने र जीवनमा आइपर्ने समस्या समाधान गरी सजिलै अघि बढ्न सकिने विश्ववास संस्कृतिविद्हरूको छ । आफ्नै शरीरलाई भगवान मानेर पुजा गर्ने संस्कृति नेवार समुदायबाहेक अरू समुदायमा छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.