काठमाडौं । युरोपेली च्याम्यिपन्स लिगमा बुधबार राति पौने १ बजे रियल मड्रिडले इटालीको युभेन्टसको सामना गर्नेछ।
यही समयमा चेल्सीले डच क्लब आयाक्सको सामना गर्ने तालिका छ । गत वर्ष बायर लेभरकुसनलाई युरोपा लिगको उपविजेता बनाएका जाबी अलन्सोले यो सिजन रियललाई युरोपेली च्याम्पियन बनाउने संकल्प लिएका छन् । ला लिगामा लिड गरिरहेको रियलसँग अहिले किलियन एम्बाप्पले उत्कृष्ट फर्ममा छन् ।
पछिल्ला १३ मध्ये १२ खेल जितेको रियल बर्नाबेउमा फर्किएको उसले भर्खरै घरेलु मैदानमा गेटाफेलाई हराएको छ । पछिल्लो सिजको च्याम्पियन्स लिगमा कमजोर देखिएको युभेन्ट्स २०औं स्थानमा थियो । नकआउटमा ऊ पिएसभीसँग पराजित भएर बाहिरिएपछि उसले यो सिजन शीर्ष ८ भित्र रहने गरी सिजनको सुरुआत गर्ने योजनामा थियो। तर इगोर टुडोरको टोली पछिल्लो बराबरीसँगै अब जित्नैपर्ने दबाबमा पुगिसकेको छ।
उसले बोरुसिया डर्टमन्ड र भिल्ला रियलसँग बराबरी खेलेको थियो। अवे खेलमा कमजोर नजिताको सामना गरिरहेको युभेन्टसले पछिल्ला ११ अवे खेलमा एक मात्रै जित निकाल्न सकेको छ । रियलका डिफेन्डहरु एन्टोनियो रुडिगर, ड्यानी कार्भाजल र डिन हुइजनको अनुपस्थितिको फाइदा आज युभेन्टसले उठाउन सक्नेछ।
तर ट्रेन्ट अलेक्जेन्डर अरनोल्ड र फरल्यान्ड मेन्डीको कमब्याकको युभेन्टसले राम्रो तयारी नगरे उसलाई गाह्रो पर्न सक्नेछ। तर अलन्सोले यी खेलाडीलाई एल क्लासिसोका लागि राख्न सक्नेछन्। यसैगरी आजै राति चेल्सीले आयाक्सलाई स्ट्यामर्फड रंगशालामा आतिथ्यता प्रदान गर्नेछ। आजै स्पोर्टिङ र मार्से, मोनाको र टोटेनहम पनि प्रतिस्पर्धा गर्नेछन्। बायर्नले घरेलु मैदानमा क्लब ब्रुगसँग खेल्ने तालिका छ ।