चाडबाडभन्दा अघि देश : तिहारमा पनि विदेशी भूमिमा व्यस्त नेपाली खेलाडीहरू

कार्तिक ५, २०८२ |विनयज्योति सापकोटा
चाडबाडभन्दा अघि देश : तिहारमा पनि विदेशी भूमिमा व्यस्त नेपाली खेलाडीहरू

काठमाडौं । कतिपय पेशा यस्ता छन् जसमा संलग्नहरूका लागि चाडबाडभन्दा आफ्नो कर्तव्य पालना पहिलो प्राथमिकतामा हुन्छन्। 

सुरक्षा निकाय, एम्बुलेन्स, दमकल कर्मचारी, पत्रकार, नर्स-डाक्टरजस्ता पेशामा संलग्न व्यक्तिलाई कमैमात्र चाडबाड लाग्छ । यसमा छुटाउनै नहुने खेलाडी पनि हुन् । क्रिकेट, भलिबल, फुटबल र कराते टोली यतिबेला छातीमा देशको झन्डा फहराएर खेलकुदकै क्रममा विदेशमा छन् ।

अहिले देशैभरि तिहारको माहोल छ। तर दशैामा वेस्ट इन्डिजसँगको शृंखलामा व्यस्त भएको नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग 'टू' का लागि यूएईमा छ । पुरुष क्रिकेट टिमका लागि यो वर्षको तिहार पनि यूएईमा नै बितेको छ। क्रिकेट टिमका खेलाडीले त राष्ट्रिय टिममा रहँदा चाड नमनाएको धेरै भइसक्यो ।

भाइटीकाको अघिल्लो दिन नेपाली महिला फुटबल टिम भारत र इरानसागको महिला ट्राइ नेसन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन बुधबार भारत गएको छ। त्यसमा पनि चार जना खेलाडी त भर्खरै विदेशबाट आएका छन्। उनीहरू घरसमेत नगई राष्ट्रिय टिममा सम्मिलित भएर भारत गएका हुन्। 

खेलाडी भएपछि चाडभन्दा पहिले खेल आउने प्रशिक्षक र खेलाडी बताउँछन्। उनीहरूले बन्द प्रशिक्षणमा नै रमाइलो गरेर चाडबाडको रहर मेट्ने गरेका छन् । खेलाडीको जीवनमा जहिल्यै उतारचढाव आउन सक्छन्। कहिले चोट, कहिले खेलकै क्रममा विदेशको बसाइ । न आफन्त, न साथीभाइ । 

यस्तोमा चाडबाडमा त झन् घरको याद धेरै आउाछ। केही महिनाअघि फुटबल लिग खेल्न जोर्डन गएकी प्रिति राईको पनि बेग्लै कथा छ। अहिले नेपालको पुरुष भलिबल टिम पनि बंगलादेशमा काभा नेसन्स कप खेलिरहेको छ। यो टोलीले पनि तिहार मनाउन पाएन । पहिलो खेलमा तुर्किमेनिस्तानसाग कमजोर प्रदर्शन गरे पनि यो टोली मनोबल उच्च बनाएर खेलिरहेका छ।

भाइटिकाको एक दिनअघि मात्रै नेपालको एथ्लेटिक्स टोली पनि भारत गएको छ। एथ्लेटिक्स टोली पनि जी-१४ प्रतियोगिताका लागि चीन गइसकेकोछ। आशा छ उनीहरूले जितेर नेपाललाई तिहारको शुभकामना दिनेछन् ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।