दोलखाको बैत्यश्वरमा भालुको आक्रमणमा एक जनाको मृत्यु

आश्विन ३०, २०८२ |केदार शिवाकोटी
दोलखाको बैत्यश्वरमा भालुको आक्रमणमा एक जनाको मृत्यु

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका-३ मिर्गे ठाडेमा भालुको आक्रमणमा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ५९ बर्षीय टेक बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। आज बिहान घाँस काट्न गएका तामाङलाई भालुले आक्रमण गरेर घाईते बनाएको थियो । 

भालुको आक्रमणबाट घाईते अवस्थामा फेला परेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बैत्यश्वर-३ मिर्गेमा भालुको आतंकका कारण स्थानीय त्रसित बनेका छन् । ४ भन्दा बढि स्थानीय भालुको आक्रमणमा परेर घाईते भैसकेका छन् ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।