विपीनको शव पहिचान भएको परराष्ट्र मन्त्रालयकाे भनाइ

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपीनको शव पहिचान भएको परराष्ट्र मन्त्रालयकाे भनाइ

काठमाडौं । गाजामा मृत्यु भएका नेपाली विद्यार्थी विपीन जोशीको शव पहिचान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी हमासले विपिनको शव साेमबार रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि शव पहिचान भएको जनाएको हो। नेपाली दूतावासका प्रतिनिधिले तेलअभिभको नेशनल सेन्टर अफ फरेन्सिक मेडिसिन भ्रमण गरी थप पुष्टि गरेको र दूतावासले सम्बन्धित निकायसँग सम्पर्क गरी शव नेपाल पठाउने प्रक्रिया सुरू गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विपिनको शव नेपाल ल्याएपछि मृत्युको वास्तविक कारण र सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र विपिनको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा, सुविधालगायतबारे उचित पहल जारी राखिने पनि जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ का दिन इजरालयमाथि आक्रमण गर्ने क्रममा हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाइ लगेको थियो । बन्धक बनाइएको ७ सय ३८ दिनपछि विपिनसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्दै हमासले अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायली पक्षलाई शव हस्तान्तरण गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.