काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले निकट अखिल नेपाल किसान महासंघ)ले काठमाडौंमा विरोध प्रदर्शन सुरू गरेको छ ।
मंगलबार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सो सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिनुभयो ।
उहाँले गरिब किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरू सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष दंगालले भन्नुभयो, ‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ । र, देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं ।’
प्रदर्शनीमा सरकारविरूद्ध चर्को नाराबाजी पनि गरिएको थियो ।