जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई अस्पताल लगियो, परीक्षण हुँदै

टाउको दुख्ने र बान्ता हुने समस्या
आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई अस्पताल लगियो, परीक्षण हुँदै

काठमाडौं । जेन-जी अगुवाहरूसँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल लगिएको छ । 

राष्ट्रपतिसँग छलफल गर्न भन्दै २२ जना जेन-जी अगुवा शनिबार शीतल निवास पुगेका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्‍याइएको छ । 

उहाँमा टाउको दुख्ने, वान्ता हुने समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । परीक्षणका लागि उहाँलाई अहिले अस्पतालमै राखिएको छ । भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनपछि सेनासँगको छलफल र त्यसपछिका वार्तालगायतमा संलग्न जेन-जीहरू शीतलनिवास पुगेका थिए । छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी हुनुभएको थियो ।

छलफलमा रक्षा बम, युजनराज भण्डारी, सुदन गुरूङ, मिराज ढुंगानालगायत थिए । भित्र छलफल चलिरहँदा कतिपय युवाले भने आफूहरू वार्तामा जान नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेर नाराबाजी गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.