काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरेको छ ।
गृह मन्त्रालयले मापदण्डभन्दा बढी लगेका बहालवाला र पूर्वपदाधिकारीका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि ओली र दाहालको टोली पनि कटौती भएको हो ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वहालवाला र पूर्वपदाधिकारीले लगेका मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्न जनपथ र शसस्त्र प्रहरीलाई निर्देशन गैसकेको जानकारी दिनुभयो ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार, पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रावधान छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले कसले कति सुरक्षाकर्मी लगेका मापदण्डविपरीत लगेका छन् भन्ने विवरण भोलिसम्म यकिन भैसक्ने बताउनुभयो ।