गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा गृहमन्त्री अर्यालले तीन वटै सुरक्षा निकायसँग छलफल गर्नुभएको हो ।

गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो । बैठकमा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौतीबारे छलफल भएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतविरुद्ध आएको जाहेरी तथा त्यसपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह लगायतविरुद्द परेको निवेदनले उत्पन्न हुनसक्ने परिस्थितिबारे पनि छलफल भएको थियो ।

निर्वाचन मिति घोषणा भैसकेकोले त्यसलाई प्रभावित पार्न हुनसक्ने गतिविधिमा पनि छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

यसैगरी गृहमन्त्री अर्यालसँग आजै विभिन्न देशका राजदूतहरुले भेट गरेका छन् । मन्त्रालयमै पुगेर युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् । त्यस क्रममा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.