काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । अनुमति नलिई प्रदर्शनमा उत्रिएका निकोलस भुसालसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुमति नलिइ प्रदर्शन गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। उनीहरूलाई प्रहरी परिसरमा राखिएको छ। जेन-जी पुस्ताका अगुवाहरूले आज गर्ने भनिएको प्रदर्शनलाई फिर्ता लिएका थिए । तर भुसालसहितका केही युवा प्रदर्शनमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
भुसालले जेन-जी आन्दोलनले आफ्ना माग पूरा नगरेको बताउँदै आउनुभएको छ ।