इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारको निर्णय

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले इलामलाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले भिजिट भिषाबारे उच्चस्तरीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालायमा पठाउने निर्णय गरेको छ । यस्तै त्रिभूवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णयसमेत सरकारले गरेको छ ।

मन्त्रिपरिषद बैठकले चारजना डीआइजीको बढुवासमेत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.