धनकुटा । कृषि ज्ञान केन्द्र धनकुटाले केही दिन अघिको बर्षा र आँधीहुरीका कारण अन्न, फलफूल र तरकारीबालीमा पुगेको क्षतिको विवरण संकलन गर्न थालेको छ । विवरण संकलनका लागि सातवटै स्थानीयतहको समन्वयमा कृषि शाखा मार्फत कृषि प्राविधिक र कर्मचारी परिचालन गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
गाउँ र नगरपालिकाबाट संकलन गरिएको क्षतिको विवरण कृषि ज्ञानकेन्द्र मार्फत प्रदेश सरकारलाई पठाइने छ । बर्षा र आँधिहुरीका कारण मुख्य गरि धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनु भयो । विवरण संकलन र अनुगमनका लागि पाख्रीवास नगरपालिका ६ फलाँटे पुग्नु भएका रानाले त्यहाँको कतिपय स्थानमा फूलखेल्दै गरेको धान ८० प्रतिसत सम्म नस्ट भएको जानकारीदिनुभयो ।
अन्न, तरकारी र फलफूलबालीमा क्षती ब्यहोरेका किसानले सरकारसँग राहत र क्षतिपूर्तिको माग गरिरहेका छन । विवरण संकलन गर्न थालिएपनी बालिनालीमा क्षती पुगेको परिवारले राहत वा क्षतिपूर्ति पाउने नपाउने बारेमा केन्द्र र प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको रानाको भनाइ छ ।