जनकपुर । नेकपा एमालले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी पेश गरेको छ। कांग्रेसले एमाले र जनमतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको हो ।
मधेश प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन तीन दलका सांसदको हस्ताक्षरसहित दाबी पेश भएको हो । मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले बुधबार नै मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएको थियो । सिंह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप लगाउदै एमालेले लगाएको छ।
सभामुखसहित २५ जना प्रदेश सांसद रहेको एमालेले समर्थन फिर्ता लिएको पत्र ईमेल मार्फत प्राप्त भएको प्रदेश प्रमुख कार्यालयका निमित्तसचिव शत्रुधन यादवले जानकारी दिनुभयो । तर जनमत पार्टीले राजीनामा दिन भनेपनि मुख्यमन्त्री सिंहले अहिलेसम्म मान्नुभएको छैन । मुख्यमन्त्री सतिशकुमार सिंहलाई लोसपाले दिएको समर्थन भने फिर्ता लिएको छैन ।