जेन-जी प्रदर्शनका क्रममा जेलबाट भागेका सन्देश शर्मा पक्राउ

आश्विन १९, २०८२ |किरण पौडेल
जेन-जी प्रदर्शनका क्रममा जेलबाट भागेका सन्देश शर्मा पक्राउ

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा भदौं २४ गते जेलबाट भागेका नक्कली भुटानी शरणार्थी मुद्दाका प्रतिवादी सन्देश शर्मा आइतबार ललितपुरबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले शर्मालाई आइतबार पक्राउ गरेको हो। शर्मालाई पक्राउ गरी कारागार चलान गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दानबहादुर कार्कीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभयो । 

यसअघि सो मुद्दामा फरार केशव दुलाल र सानु केसीलाई पनि प्रहरीले लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।