सिरहाका नदीहरूमा अहिलेसम्म बहाव सामान्य, सर्तक रहन प्रशासनको आग्रह

आश्विन १८, २०८२ |विनय आजाद
सिरहाका नदीहरूमा अहिलेसम्म बहाव सामान्य, सर्तक रहन प्रशासनको आग्रह

सिरहा । सिरहा प्रशासनले नदी तथा खोला आसपासका बस्तीका बासिन्दालाई सतर्क भएर रहन आग्रह गरेको छ । प्रशासनले बाढी तथा डुबानको जोखिम रहने क्षेत्रका बासिन्दालाई सतर्क बस्न आग्रह गरेको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, जिल्ला भएर बग्ने कमला, गागन, बलान, सरे, खुट्टी, गागनलगायतका नदी तथा खोलाहरूमा बाढी भए पनि पानीको बहाव भने अहिलेसम्म सामान्य छ । तर, अविरल वर्षा भइरहेका कारण बहाव बढ्न सक्ने भन्दै सतर्क बस्न उहाँले आग्रह गर्नुभयाे ।

जिल्लाका सबै जोखिमपूर्ण क्षेत्रमा आफूहरूले निरन्तर निगरानी गरिरहेको र सम्भावित विपद्‌बाट क्षति हुन नदिन अलर्ट भएर बसेको उहाँले जानकारी दिनुभयाे । 

'जिल्लाभर हामीले निगरानी गरिरहेका छौं, आसपासका जिल्लासँग पनि सम्पर्कमा छौं,' उहाँले भन्नुभयाे, 'यो घडीमा सबैको सहयोग र सतर्कता जरुरी छ ।'


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।