
काठमाडौं । सरकारले सवारी साधनमार्फत् काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक लगाएको छ ।
अविरल वर्षापछि बाढी, पहिरो र डुवानको जोखिम रहेकाले सरकारले तीन दिनसम्म काठमाडौं भित्रिन रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौंबाट बाहिरिन असोज १८ देखि २० गतेसम्म रोक लगाएको हो ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रिने र बाहिरिने राजमार्ग पूर्णरुपमा बन्द गरिएको उल्लेख छ ।
प्राधिकरणले अत्यावश्यक कामबाहेकका सवारी सञ्चालन रोक्न सम्बन्धित जिल्ला प्रशासनसँग पनि समन्वय गरिरहेको छ ।